मतदानस्थल आइपुगे पोखरेल, ओली आएपछि मतदान शुरू हुने

नेकपा एमालेको अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल मतदानस्थल भृकुटीमण्डप पुगेका छन् ।  अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली भने आइपुगेका छैनन् । उनी केही बेरमा आउने बताइएको छ ।  बिहान ८ बजेदेखि मतदान शुरू गर्ने भनिए पनि ओली आइनपुगेकाले शुरू भएको छैन । मतदाताहरू भने बिहानैदेखि लाइनमा लागेका छन् ।  विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू त्यही लाइनमा पुगेर आफ्नो र समूहका लागि मत मागिरहेका छन् । नेताहरूका अनुसार ओली आइपुगेपछि उनी र पोखरेलले मतदानको शुरूआत गर्नेछन् । मतदान सम्पन्न हुन कम्त...