नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ । तर, बिहान ८ बजेदेखि हुने भनिएको मतदान ९ बज्दासम्म पनि शुरू भएको छैन । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली मतदानस्थलमा आइनपुगेकाले मतदान शुरू हुन सकेको छैन । मतदानस्थल पुगेका एमाले महाधिवेशन प्रतिनिधिहरू भने बिहान ७ बजेदेखि नै लाइनमा बसेका छन् । विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू त्यही लाइनमा पुगेर आफ्नो र समूहका लागि मत मागिरहेका छन् । अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेल भने मतदानस्थल भृकुटीमण्डप पुगिसकेका छन् । नेताहरूका अनुसार ओली आइपुगेपछि उन...