एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी पूरा : केहीबेरमा मतदान शुरू हुँदै

काठमाण्डौ – नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान शुरू हुँदैछ । मतदानका लागि आवश्यक तयारी पूरा भएको छ । महाधिवेशन प्रतिनिधिहरू लाइन लाग्नेक्रम शुरू भैसकेको छ । आज बिहानैदेखि महाधिवेशन स्थल काठमाण्डौको भृकुटीमण्डपमा चहलपहल बढेको छ । मतदान प्रक्रिया शुरू हुन लागेकाले नेता तथा कार्यकर्ताको उपस्थिति बढेको हो । महाधिवेशनको आज पाँचौँ दिन हो । नयाँ नेतृत्व चयन गर्न मतदानमा ढिलाइ भएका कारण महाधिवेशन एक दिन लम्बिएको हो । हिजो बेलुकादेखि नै शुरू हुने भनिएको मतदान विद्युतीय मेसिन...