वैदेशिक रोजगारीका लागि यूके पठाउने भन्दै ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि यूके लैजाने भन्दै ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी यूके नपठाइ सम्पर्कविहीन भएका उजुरीका आधारमा उ...