वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब एक करोड अर्थात् १४ प्रतिशत बढी राजस्व संकलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने ८४ अर्ब ३७ करोड राजस्व संकलन गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए । ‘कार्यालयले मंस...