निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनलेमात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने बताएकी हुन् । ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन […]