प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीसहितको इजलासमा सुनुवाइ हुन लागेको हो । नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेसहित ८ पूर्व सांसदले दायर गरेको रिट ‘ज’ नम्बरमा पेसी छ । प्रतिनिधिसभा विघटनको माग गर्दै कांग्रेसले मंसिर २१ गते सर्वोच्चमा रिट दायर गर...