ज्योति मगरले गरिन् ओलीसँग भलाकुसारी

नेकपा एमालेको महाधिवेशनमा उम्मेदवारको प्रचारका लागि पुगेकी गायिका ज्योति मगरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भलाकुसारी गरेकी छिन् ।  बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा मगरले ओलीसँग भेटेकी हुन् । पछिल्लो समय सुझबुझपूर्ण राजनीतिक स्टाटस लेखेर मगर चर्चामा छिन् । उनी मंगलबारदेखि भृकुटीमण्डपमा नेताहरूको प्रचारमा खटिएकी थिइन् ।  तर, उनले आफू एमालेको कार्यकर्ता नभएको स्पष्टोक्ती दिइन् । भृकुटीमण्डपमा भेटिएकी ज्योतीले लोकान्तरसँग कुरा गर्दै आफू देश जलाउनेको विपक्ष र देश बनाउनेको पक्षमा रहेको बताइन् ...