पहिलो दिन अस्ट्रेलियन ब्याट्सम्यान एलेक्स केरी र उस्मान ख्वाजाको उत्कृष्ट प्रदर्शन

परम्परागत एसेस शृंखलाको तेस्रो टेस्ट बुधबारदेखि एडलेइडमा शुरू भएको छ ।  टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदासम्म आठ विकेट गुमाएर तीन सय २६ रन बनाएको छ । अस्ट्रेलियाका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले शतकीय पाली खेले । छैटौं नम्बरमा क्रिज समाल्न आएका केरीले एक सय ६ रन बनाए । ३४ वर्षीय बायाँहाते ब्याट्सम्यान केरीले एक सय ४३ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काए । उस्मान ख्वाजाले पनि टोलीको खातामा ८२ रन थपे । उनले एक सय २६ बलमा १० चौ...