वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

स्याङजामा वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका-९ बस्ने ७० वर्षीया कृष्ण कुमारी गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाको २०५५ जेठ २५ गतेको फैसलाले उक्त मुद्दामा ९९ हजार १ सय ५० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।