साढे ३ घण्टामा जम्मा ४१५ मत खस्यो, मतदान सुस्त हुँदा बेलुका अबेरसम्मै लाग्ने

नेकपा एमालेको महाधिवेशनमा दिउँसो सवा १ बजेसम्ममा ४१५ मत खसेको छ । मतदानमा खटिएका प्राविधिक राम रिमालका अनुसार मतदान शुरू भएको साढे ३ घण्टामा ४१५ प्रतिनिधिले भोट खसालेका हुन् । यही रेसियोमा मतदान भए बेलुका ८ बजेसम्म लाग्ने उनले जानकारी दिए । एमालेमा २२ सय ६३ प्रतिनिधि मतदाता छन् । एमालेमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा आउन प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षमा ओली हाबी देखिए पनि महासचिवमा ओली पक्षका शंकर पोखरेल र ईश्वर पक्षका सुरेन्द्र पाण्डेबीच कडा प्रत...