स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवर्द्धनका लागि सम्झौता भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड Powered By प्रायोजकको रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि नि:शुल्क प्रवेश रहने आयोजकले जनाएको छ । घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्...