गरिब देशका लागि रहेन फूटबल : चार महिनाको तलबले पनि पाइँदैन विश्वकपको टिकट

विश्व फूटबल महासंघ (फिफा) ले आगामी विश्वकपका लागि टिकटको मूल्य सार्वजनिक गरेपछि विश्व फूटबल एकपटक फेरि तरंगित बन्न पुगेको छ । विश्वकपको टिकट मूल्य अत्यन्तै महंगो भएको भन्दै फूटबलप्रेमी आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा पनि यो विषयले गतिलै चर्चा पाइरहेको छ । विश्वकपको २३औं संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म सञ्चालन हुनेछ । यसपटक प्रतियोगिता तीनवटा राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । कतिपय समर्थकले त विश्वकपको टिकटको मूल्यलाई समर्थकहरूमाथि गरिएको ‘हास्यास्पद अप...