नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मेरो उम्मेदवारी किन ?

मैले २०६४ सालमा चिकित्सा शास्त्रको स्नातक सकाए यता नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा ४ पटक भाग लिइसकेको छु । यस बीचमा डाक्टर सोसाइटी नेपाल भन्ने संस्थाको स्थापना गरेर २०६८ सालदेखि हालसम्म निरन्तर मेडिकल क्षेत्रको एक अभियन्ताका रूपमा क्रियाशील छु। हाल राष्ट्रिय ट्रमा सेण्टर, वीर अस्पतालमा हाड्जोर्नी रोगको विशेषज्ञको रूपमा काम गरिरहेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट […]