जेनजीले स्वर फेर्दा चिसो पसेको छ, चुनाव हुन दिन्नौं भन्न पाइँदैन– चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाले मेयर चिरिबाबु महर्जनले पछिल्ला दिनमा जेनजी युवाहरूले स्वर परिवर्तन गर्दा चिसो पसेको बताएका छन् । चुनाव हुन दिन्नौं भनेर जेनजीले भन्न नमिल्ने उनको भनाइ थियो । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार प्रधानमन्त्री सुशीला कार्की उपस्थित कार्यक्रममा महर्जनले चुनाव हुन दिँदैनौं भनेर जेनजीले भन्न नमिल्ने बताएका हुन् । ‘अहिलेको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । तर मलाई अलिक...