एमालेमा मतदानको गति निकै सुस्त, ५ घण्टामा खस्यो जम्मा ५५० मत

नेकपा एमालेको महाधिवेशनमा दिउँसो २:२५ बजेसम्ममा करिब ५५० मत मात्र खसेको छ । एमाले निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार मतदान शुरू भएको करिब ५ घण्टामा ५५० मत मात्र खसेको हो । एमालेमा २ हजार २६३ प्रतिनिधि मतदाता छन् । मतदान प्रक्रियामा खटिएका प्राविधिक राम रिमालले शुरूमा बेलुका ८ बजेसम्ममा मतदान सकिने लोकान्तरसँग बताएका थिए । तर, मतदानको गति अपेक्षितभन्दा निकै सुस्त हुँदा राति अबेरसम्म लाग्ने देखिएको छ । एमालेमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वका लागि प्यानलै ...