काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले चुनावमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तोकिएको चुनाव निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर काम अगाडि बढिरहेका पनि बताउनुभयो । भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनपछि देशमा नयाँ परिस्थिति बनेको बताउँदै उहाँले सुशासन र चुनाव आफ्ना मुख्य एजेन्डा भएको उल्लेख...