काठमाण्डाै – ललितपुर महानगरपालिकाले आफ्नाे १०७औं स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरूकाे सहभागितामा विशेष समारोहका बीच महानगरपालिकाले स्थापना दिवस मनाएको हो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएका छन् । कार्यक्रममा महानगरले विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले ललितपुर महानगर उमेरले मात्र जेठो नभएर कलात्मक सम्पदामा पनि जेठो शहर रहेको बताउनुभयो । खासगरी पाटन आफैँमा नेपाली सभ्यता र सौन्दर्यको जीवित ...