भदौ २३–२४ को घटना छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाउने बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा छलफल गरेपछि अध्यक्ष कार्कीले राजनीतिक दलका नेतालाई बोलाउने तयारी गरेको बताएका हुन् । आयोगले भदौ २३–२४ को घटनालाई लिएर प्रहरीका अधिकारीहरू, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव र प्रधानसेनापति अशोक सिग्देलसँग बयान लिइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग आयोगले बयानको तयारी...