भारतीय रेल्वेले आफ्नो सम्पूर्ण ब्रोडगेज (बीजी) रेलमार्ग विद्युतीकरण गर्ने लक्ष्यतर्फ ऐतिहासिक उपलब्धि हासिल गरेको छ। रेल मन्त्रालयका अनुसार हालसम्म ९९ प्रतिशतभन्दा बढी ब्रोडगेज नेटवर्क विद्युतीकरण भइसकेको छ र बाँकी खण्डहरू पनि छिट्टै सम्पन्न हुने चरणमा छन्। आइतबार जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले पछिल्ला केही वर्षमा विद्युतीकरणको गति असाधारण रूपमा बढेको जनाएको छ। सन् २०१९ देखि २०२५ को अवधिमा मात्रै भारतीय रेल्वेले ३३ हजार किलोमिटरभन्दा बढी रेलमार्ग विद्युतीकरण गरेको छ। यो औसतमा दैनिक १५ किलोमिटरभन्दा बढी मार्गमा काम सम्पन्न भएक...