काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २५ दशमलव ७० विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह १ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । आज स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २९ करोडको कारोबार...