सन् २०२६ मा ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्न लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने भ्रमणका क्रममा इथियोपियामा छन् । यो भ्रमण अत्यन्तै ऐतिहासिक क्षण रहेको इथियोपियाका लागि भारतीय राजदूत अनिल कुमार राईले बताएका छन् । डिसेम्बर १६ देखि १७ को दुईदिने राजकीय भ्रमणले भारत–इथियोपिया द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्नुका साथै संयुक्त राष्ट्रसंघ सुधार र ब्रिक्स एजेन्डालगायत अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यलाई अझ गहिरो बनाउने उनले बताए । भ्रमणअघि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत राईले भारत र इथियोपियाबीचको सम्ब...