सुस्त गतिमा एमाले मतदान, ७ घण्टामा बल्ल एकतिहाइ मत खस्यो

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि चलिरहेको मतदान प्रक्रिया ढिलो भएको छ । बुधवार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान अपराह्न ४ बजे पुग्दा बल्ल एकतिहाइ प्रतिनिधिले मत हालेका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले ४ बजेसम्म ७ सय हाराहारी मत खसेको जानकारी दिए । एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि छन् ।