भारतको वस्तु व्यापार घाटा नोभेम्बर महिनामा घटेर पाँच महिनाकै न्यून बिन्दुमा पुगेको छ । सरकारी निर्यात–आयात तथ्यांकअनुसार नोभेम्बरमा भारतको व्यापार घाटा २४.५३ अर्ब अमेरिकी डलरमा सीमित भएको हो । सुन, तेल र कोइला आयातमा आएको कमी तथा अमेरिकातर्फको निर्यात बढ्नु यसको प्रमुख कारण बनेको छ । यसअघि अर्थशास्त्रीहरूले नोभेम्बरको व्यापार घाटा करिब ३२ अर्ब डलर रहने अनुमान गरेका थिए । अक्टोबरमा भने भारतले ४१.६८ अर्ब डलरको ऐतिहासिक उच्च व्यापार घाटा व्यहोरेको थियो । सरकारी तथ्यांकअनुसार नोभेम्बरमा भारतबाट अमेरिकातर्फ...