यू–१९ एशिया कप क्रिकेटमा नेपालकाे लगातार तेस्रो हार

काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २५ रनको लक्ष्य अफगानिस्तानले २६ ओभर बलमा ४ विकेट गुमाएर भेटायो । अफगानिस्तानका उजैरुल्लाह नियाजाईले ६१ रन बनाए । नेपालका अभिषेक तिवारीले २ विकेट लिए । यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो । नेपालका दि...