एसीसी यू–१९ क्रिकेट एसिया कप : अफगानिस्तानसँग ६ विकेटले हार्‍यो नेपाल

नेपाली टोली लगातार तीन खेल हार्दै एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ एसिया कपको आफ्नो तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । यसअघि, नेपाली टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग आठ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग सात विकेटले पराजित भएको थियो । नेपाल समूह ‘बी’ तालिकामा सबैभन्दा तल रह्यो । उक्त समूहबाट श्रीलंका र बंगलादेश प्रतियोगिताको सेमिफाइनलमा पुग्...