नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा मतदान गर्न बेलुका ८ बजेसम्म टोकन लिएर होल्डिङ सेन्टरमा पुगिसक्नुपर्ने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले ८ बजेसम्म टोकन नलिने प्रतिनिधिले मतदान गर्न नपाउने बताए । 'अहिले टोकन बाँढिरहेका छौं । गेटबाहिर रहनुभएका प्रतिनिधि टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौं,' लामाले लोकान्तरसँग भने । ८ बजेसम्म होल्डिङ सेन्टरमा प्रवेश नगर्ने प्रतिनिधिले मतदान गर्न नपाउने उनले बताए । आयोगका उपाध्यक्ष सानुराज पोखरेलले अपर...