एमाले महाधिवेशन : प्रतिनिधिहरूले ‘चिट चोर्न’ नजान्दा मतदान ढिलो भयो !

दुवै पक्षको प्यानलका प्रतिनिधिले चिट (प्यानलको सूची) हेरेर मतदान गर्दा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान ढिलो भएको छ । ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखि शुरू भएको मतदान अपराह्न ४ बजेसम्म आइपुग्दा एकतिहाइ मात्र सकिएको छ । निर्वाचनमा खटिएका एक प्राविधिकले ‘बूढाहरूले चिट चोर्न नजान्दा’ मतदान ढिलो भएको टिप्पणी गरे । ‘नाम हेर्दै भोट हाल्दा समय लाग्दोरहेछ,’ एमालेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले भने । २ हजार २ सय ६२ प्रतिनिधि रहेको...