काठमाण्डाै – नेकपा एमालेको काठमाण्डाैमा चलिरहेको ११औं महाधिवेशनमा मतदानका लागि मतदान केन्द्रभित्र प्रवेश गर्ने समय तीन घण्टा थप भएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसक्नुपर्ने व्यवस्था रहेकोमा मतदानमा ढिलाइ भएपछि एमाले निर्वाचन आयोगको बैठक बसेर राति ८ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्न पाउने व्यवस्था गरेको हो । धेरैजसोले मतदानका लागि ३५ देखि ४० मिनेट लगाएका र केहीले दुई घण्टासम्म लगाउने गरेका आयोगले जनाएको छ । ८० वटा विद्युतीय मेशिनमार्फत बिहान साढे ९ बजे शुरू भएको मतदान अन्तर्गत दिउँसा...