साँझ ५ बजेसम्म ८०२ मत, छिटो गर्नेले ९ मिनेट, ढिला गर्नेले २ घण्टासम्म लगाए

नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान साँझ ५ बजेसम्म ८०२ प्रतिनिधिले मत हालेका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले साँझ ५ बजेसम्म ८०२ मत खसेको जानकारी दिए । एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि छन् । एक जनाका लागि मत हाल्न औसत ३५ मिनेट समय लागेको निर्वाचन आयोगका अर्का एक पदाधिकारीले बताए । ‘यही गतिमा मतदान हुँदा रातभरिमा पनि टुंगिन मुस्किल छ, अरू १० घण्टा समय लाग्न...