भैरहवा विमानस्थलबाट सधैंका लागि कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

चितवनबाट स्थलमार्ग हुँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार साँझ कतार पठाइएको छ । कतार एयरको कार्गो जहाजमार्फत खगेन्द्रप्रसाद र रुद्रकलीले सधैंका लागि नेपाल छाडेका हुन् । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत बुधबार साँझ ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।​​ उनीहरूलाई जहाज चढाउने बेला एयरपोर्टमा माला र अबिर लगाएर बिदाइ गरिएको थियो । ...