मधेशका सरकारी कार्यालयमा छड्के, ७२ कर्मचारी कारबाहीमा

​​मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २/२ जनाको ८ वटा टोली बनाएर यही पुस १ र २ गते छड्के अनुगमन गरिएको हो । छड्के अनुगमनका क्रममा १ गते ४८ र २ गते २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिए । उनका अनुसार कारबाहीमा पर्नेहरूमा ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन् । कारबाहीमा पर्नेमा उपसचिव सरहका २, शाखा अधिकृत सरहका ४१, नायब सुब्बा सरह...