नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि डडेलधुराबाट सिफारिस भएका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत् रुपमा आएको कांग्रेस सभापति देउवाको नाम प्रदेश कार्यसमितिले आज केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिए । कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि सिफारिस गरिएको ...