नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदानमा साँझ सवा ७ बजेसम्म ११ सय प्रतिनिधिले मत दिएका छन् । एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि छन् । ११ सय प्रतिनिधिले मत हालेकाले अब ११ सय ५८ जनाले मत हाल्न बाँकी रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । यसैबीच मतदानका लागि मतदान केन्द्रमा प्रवेश गर्ने समय राति १० बजेसम्म थप गरिएको छ । राति ८ बज...