एमाले मतदानस्थलका रोचक दृश्यहरू

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान प्रक्रिया जारी छ। राति ९ बजेसम्म करिब १२०० मत खसिसकेको छ। कुल मतदाता २२६३ जना रहेकाले मतदान रातभर चल्ने अनुमान गरिएको छ। निर्धारित समय बिहान ८ बजे भनिए पनि मतदान ९ः१५ बजे मात्र सुरु भएको थियो। अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले पहिलो मत हाल्न कुर्दा झण्डै सवा घन्टा ढिलाइ भएको थियो। ओली र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले मतदान गर्न एक घन्टाभन्दा बढी समय लगाएका थिए। मतदानपछि ओली केही समय फोटो सेसनमा व्यस्त रहेपछि मतदानस्थलबाट बाहिरिएका थिए। ज्यो...