फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी कानुनी जटिलतामा परिरहेका बेला उनको पुस्तक ‘डायरी अफ अ प्रिजनर’ एक हप्ताभन्दा कम समयमै एक लाखभन्दा बढी प्रति बिक्री भएको छ। प्रकाशक फयार्डका अनुसार हालै बजारमा आएको उक्त पुस्तक सार्वजनिक भएको केही दिनमै ९८ हजार ६१० प्रति बिक्री भएको छ। बजार अनुसन्धान संस्था निल्सन आईक्यू जीएफकेको बिक्री तथ्याङ्क उद्धृत गर्दै प्रकाशन गृहले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएको हो। ७० वर्षीय सार्कोजीले अक्टोबर–नोभेम्बरमा बिताएको तीन हप्ताको जेल जीवनको अनुभव पुस्तकमा समेटेका छन्। २...