झुट्टा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाई विभिन्न व्यक्तिलाई तेस्रो मुलुक पठाउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट उक्त कार्यमा संलग्न रहेका यमबहादुर बस्नेत, कृष्णबहादुर कटुवाल र सूर्यबहादुर खड्कालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये दाङको तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ बस्ने ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनक...