एमालेमा नेतृत्व चयनको लागि भैरहेको मतदान अन्तिम चरणमा

काठमाण्डौ – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि भैरहेको मतदान अन्तिम चरणमा पुगेको छ । २ हजार २ सय ६३ मतदातामध्ये अब केही मत मात्रै खस्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । हिजो बिहान ९ बजेदेखि शुरू भएको मतदान राति पनि निरन्तर भैरहेको छ । विद्युतीय मेसिनबाट मतदान गर्न एकजनालाई ९ मिनेटदेखि २ घण्टासम्म लागेको नेताहरुको भनाइ छ । ३ सय १ पद सबैलाई मतदान गर्नुपर्ने र प्रतिनिधिले आफ्नो प्यानल अनुसारको सूची हेरेर मतदान गर्ने गरेकाले ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । मतदान सकि...