नेकपा एमालेको नयाँ नेतृत्व चयनका मतदान जारी छ । बुधबार बिहान सवा ९ बजेबाट जारी मतदान बिहीबार बिहानसम्मै जारी छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार बिहान ४ बजेसम्म १९८२ मत खसेको छ । एमालेको नेतृत्व चयनका लागि २ हजार २६३ जना मतदाता (प्रतिनिधि) छ । नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित मैदानमा छन् ।