साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ र इस्ट बंगालबीचको खेल बराबरीमा

काठमाण्डौ – साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लबले बराबरी खेलेका छन् । यी दुवै टोली यसअघि नै फाइनल पुगिसकेका छन् । हिजो बेलुकी त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यसअघि एपीएफले तीन खेल मध्ये दुई खेलमा जीत र एक खेलमा बराबरी खेल्दै फाइनलमा स्थान बनाईसकेको छ । इस्ट बङ्गालले भने तीनै खेलमा जीत निकालेको छ । एपीएफले तेस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीमाथि १–० गोलको जीत निकालेको थियो । एपीएफले पहिलो खेलमा बंगलादे...