अन्तिम चरणमा पुग्यो एमालेको मतदान

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ । बुधबार बिहान सवा ९ बजेबाट जारी मतदान बिहीबार बिहानसम्मै जारी छ । बिहीबार बिहान ६ बजेसम्म २ हजार ५० भन्दा बढी मत खसेको राम लक्ष्मण भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले बताए ।  एमालेको निर्वाचन आयोगका एक सदस्यका अनुसार अहिले ८० जनाले मतदान गरिरहेका छन् भने २०-२० जना लाइनमा छन् । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ८० वटा भोटिङ मेसिन राखिएको छ  ।  एमालेको नेतृत्व चयनका लागि २ हजार २६३ जना मतदाता (प्रतिनिधि) छन् । ...