एमाले महाधिवेशन- ३६ प्रतिनिधि मदानमा सहभागी नहुने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ३६ जना प्रतिनिधि सहभागी नहुने भएका छन् । एमालेको नेतृत्व चयनका लागि २ हजार २६३ जना मतदाता (प्रतिनिधि) रहेकामा ३६ जनाले मतदानमा भाग नलिने भएका हुन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले लोकान्तरलाई बताए अनुसार निर्धारित समयमा २२२७ जना प्रतिनिधिले मात्र टोकन लिएका छन् । मतदानमा सहभागी हुन गएराति १२ बजेसम्म टोकन लिने समय तोकिएको थियो । उक्त समयमा २२२७ प्रतिनिधिले मात्र टोकन लिएको पोखरेलले बताए ।  ‘त्यसकारण २२२७ मत खस्ने भयो । ...