गाजापट्टीमा पछिल्लो एक हप्तादेखि भइरहेको ठूलो वर्षाले विस्थापित प्यालेस्टिनीहरूको जीवन झन् कष्टकर बनेको छ । राष्ट्रसंघका अनुसार विशेषगरी बालबालिकाहरु त्यसबाट धेरै प्रभावित भएका छन् । युनिसेफका प्रवक्ता जोनाथन क्रिक्सले गाजामा रातिको मौसम अत्यन्तै कष्टकर बनेको बताउनुभएको छ । वर्षाका कारण १० देखि १५ सेन्टिमिटरसम्म पानी जमेको छ । चिसो र भिजेको अवस्थामा टेन्ट र अस्थायी आश्रयमा बसिरहेका बालबालिकालाई हाइपोथर्मिया तथा अन्य रोग लाग्ने उच्च जोखिम रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ...