काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएका छन् । आउँदो जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाण्डौमा हुने प्रतियोगिताका लागि २७ खेलाडीबाट घटाएर २० खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुवर, रुविना क्षेत्री, सना प्रवीण इश्...