नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बुधबार बिहान सवा ९ बजेतिरबाट शुरू भएको मतदान बिहीबार बिहान करिब ७ बजे सकिएको हो । मतदानका लागि एमाले २२६३ प्रतिनिधि भएपनि ३६ जनाले मतदानमा भाग लिएनन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार २२२७ जना प्रतिनिधिले मात्र मतदान गरेका छन् । मतदान सकिएसँगै विद्युतीय भोटिङ मेसिन ‘लक’ गरिएको छ । ९८.०४ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।