नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान लगभग २२ घण्टामा सकिएको छ । बुधबार बिहान सवा ९ बजेतिरबाट शुरू भएको मतदान बिहीबार बिहान करिब ७ बज्ने बेला सकिएको हो । मतदानका लागि एमाले २२६३ प्रतिनिधि भएपनि ३६ जनाले मतदानमा भाग लिएनन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार २२२७ जना प्रतिनिधिले मात्र मतदान गरेका छन् । ९८.०४ प्रतिशत मत खसेको आयोगले जनाएको छ । अब केही बेरपछि मतगणना शुरू हुने एमालेले जनाएको छ । बिहीबार दिउँसो १२ बजेभित्र नवनिर्वाचित समितिले शपथ ग्रहण गराइसक्ने एमाले निर्वाचन आयोगको तय...