एमाले महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । अन्तिम मतदाताका रुपमा नेता योगेश भट्टराई भएका छन् । उपमहासचिवका उम्मेदवार उनले आफू अन्तिम मतदाता भएको बताए । निर्वाचन आयोगका अनुसार २२६३ प्रतिनिधि भएपनि ३६ जनाले मतदानमा भाग लिएनन् ।