काठमाण्डौ – नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाण्डौको भृकुटीमण्डमा हिजो बिहान ९ बजदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको हो । २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् । विद्युतीय मेसिनबाट मतदान गर्न एकजनालाई ९ मिनेटदेखि २ घण्टासम्म लागेको नेताहरुको भनाइ छ । ३०१ पद सबैलाई मतदान गर्नुपर्ने र प्रतिनिधिले आफ्नो प्यनानल अनुसारको सूची हेरेर मतदान गर्ने गरेकाले ढिलाइ भएको...