यी हुन् एमालेको मतदानमा सहभागी नहुने ३६ प्रतिनिधि [सूचीसहित]

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।  एमालेको महाधिवेशनका लागि कूल २२६३ प्रतिनिधि भएपनि मतदानमा भने २२२७ जना मात्र सहभागी भए । बुधबार बिहान सवा ९ बजेतिरबाट शुरू भएको मतदान बिहीबार बिहान करिब ७ बज्ने बेला सकिएको छ । मतदान सकिएपछि विद्युतीय भोटिङ मेसिन लक गरिएको छ । समग्रमा ९८.०४ प्रतिशत मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  एमालेका अनुसार मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानब...