मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिए । पदीय मर्यादा अनुरूप काम नगरेको पाइएका दुई जना उपसचिवलगायत विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीसहित ७२ जना कारबाहीमा परेको उनले बताए । कर्मचारीले लापरबाही गरेको जन...